Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

माओवादी केन्द्र र एकीकृत समाजवादी एउटै पार्टी बनाउने प्रयासमा प्रधानमन्त्री 'प्रचण्ड'

माओवादी केन्द्र र एकीकृत समाजवादी एउटै पार्टी बनाउने प्रयासमा प्रधानमन्त्री 'प्रचण्ड'

  • काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले माओवादी केन्द्र र एकीकृत समाजवादी एउटै पार्टी बनाउने प्रयास जारी रहेको बताएका छन्। 

    onlinepatrika
    Arghakhachi

    आइतबार एकीकृत समाजवादीको दसौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले दुई पार्टीलाई एउटै पार्टी बनाउनका लागि निर्वाचन अगाडिदेखि अहिलेसम्म प्रयास भइरहेको बताएका हुन्। 

    AGNI GROUP

    'नेकपा एकीकृत समाजवादी र माओवादीका बीचमा निर्वाचन अगाडि र निर्वाचनपछि र आजका मितिसम्म पनि एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरिराखेका छौं,' उनले भने। 

    एकीकृत समाजवादीले आजदेखि सुरू भएको महाधिवेशनले पनि यसबारे ठोस निर्णय गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए। 


    'देशका सबै देशभक्त र वामपन्थी शक्तिहरू एकताबद्ध भएर जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्न सकियोस्,' उनले भने। 

    एकीकृत समाजवादीले अलि नजिक भएको हिसाबले र एकीकृत समाजवादीले पनि माओवादी केन्द्रलाई अरूभन्दा अलि नजिक भएको पनि प्रधानमन्त्री प्रचण्डले बताए। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij