Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

वडा अध्यक्षले कर्मचारीको घाटी न्याकेपछि कर्मचारी आन्दोलित 

वडा अध्यक्षले कर्मचारीको घाटी न्याकेपछि कर्मचारी आन्दोलित 

  • काठमाडौं । बैतडीको मेलौली नगरपालिकामा एक वडाध्यक्षले हाकिमकै अगाडि कर्मचारीको घाँटी न्याकेका छन्। मेलौली–९ का वडा अध्यक्ष लोकराज भट्टले जिन्सी शाखामा कार्यरत कर्मचारीको हाकिमकै कार्यकक्षामा घाँटी न्याकेका हुन् । 

    onlinepatrika
    Arghakhachi

    वडा अध्यक्ष लोकराज भट्टले बिहीवार नगरपालिकाको शाखामा कार्यरत कर्मचारी चक्रमणी जोशीको हाकिमकै कार्यकक्षमा घाँटी न्याकेका हुन्। 

    AGNI GROUP

    प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दको कार्यकक्षमै वडा अध्यक्ष भट्टले आफ्नो घाँटी न्याकेको चक्रपाणी जोशीले बताएका छन्। वडाले कार्यालय सञ्चालन तथा मसलन्द खर्च भनेर छुट्याएको ५० हजार रकम भुक्तानीको विषयमा कुराकानीको क्रममा वडा अध्यक्षले अकस्मात आफूमाथि गालीगलौज सहित दुर्व्यवहार गरेको जोशीको दाबी छ।


    तर वडा अध्यक्ष लोकराज भट्टले भने जिन्सी शाखाले वडा कार्यालयको सिफारिस बिनै वडाको बजेट खर्च भइसकेको कुरा गरेपछि प्रमुख प्रशासकीय अधिकृत चन्दको कार्यकक्षमा बोलाएर छलफल गर्दा दुबै पक्षबीच सानोतिनो बिवाद भएको तर घाँटी च्याप्ने काम नगरेको बताएका छन्। सामान्य भनाभनलाई कर्मचारी साथीहरूले ठुलो विषय बनाएको वडा अध्यक्ष भट्टको तर्क छ।


    यता जिन्सी शाखा प्रमुख जोशीले वडाले मसलन्द तथा कार्यालय सामग्री शिर्षकको बजेट खर्च नभएको, केही सामान खरिद गरी वडामा पठाइसकेको भन्ने कुरा गर्ने बेला अध्यक्ष भट्टले आफ्नो घाँटी न्याकेको दाबी गरेका छन्।

    बिहीवार कर्मचारीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै वडाध्यक्ष भट्टले कार्यालय प्रमुखकै कार्यकक्षमा घाँटी अठ्याँई दुर्व्यवहार गरेको आरोप लगाएका छन्। कर्मचारीले कामकाज समेत ठप्प गरेका छन्। पीडित कर्मचारी जोशीले वडा अध्यक्षले आत्मसम्मानमा चोट पुग्ने गरी कार्यालयमै आएर दुर्व्यवहार गरेकाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन लागेको बताएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij