Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सांसद कार्कीद्वारा स्वास्थ्य संस्थाहरूलाई शान्तिक्षेत्र घोषणा गर्न माग

सांसद कार्कीद्वारा स्वास्थ्य संस्थाहरूलाई शान्तिक्षेत्र घोषणा गर्न माग

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्तिक्षेत्र घोषणा गर्न माग गरेकी छन्। बिहीवार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्तिक्षेत्र घोषणा गर्न माग गरेकी हुन्। 

    onlinepatrika
    Arghakhachi

    उनले विभिन्न समयमा स्वास्थ्यकर्मीहरूमाथि धाक, धम्की तथा आक्रमण हुने गरेको भन्दै स्वास्थ्यकर्मीमाथिको त्यस्तो व्यवहार अन्त्य हुनुपर्ने बताइन्।
    स्वास्थ्यकर्मीहरूमाथि आक्रमण गर्नेलाई हिरासतमा लिएर अनुसन्धान शुरु गर्नुपर्ने माग कार्कीले गरिन्। उनले भनिन्, ‘स्वास्थ्य संस्थाहरूलाई शान्तिक्षेत्र घोषणा गरेर स्वास्थ्यकर्मीलाई निर्धक्क भएर विरामीको उपचारमा काम गर्ने वातावरण बनाइयोस्। 

    AGNI GROUP

    काँपिरहेको हातले उपचार गर्न सक्दैन, डराएको मस्तिष्कले उपचार गर्न सक्दैन। जसरी सुरक्षाकर्मीहरूमाथि हातपात गर्दाखेरी त्यो कसुर गर्ने व्यक्तिलाई पहिले हिरासतमा लगिन्छ, त्यसपछि अनुसन्धानको प्रक्रिया शुरु हुन्छ। त्यसरी नै स्वास्थ्यकर्मी भनेका राष्ट्रका सेवक हुन्। उपचार गर्ने व्यक्ति हुन्। उनीहरूलाई हातपात गर्नेलाई पनि पहिला हिरासतमा लग्नुपर्छ र अनुसन्धानको प्रक्रिया शुरु गर्नुपर्छ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij