Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । काठमाडौँमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार असार ११ गते साँझ ६ बजे काठमाडौँ–२६, मित्रनगरस्थित सारङ्गी छहारी गेस्टहाउसबाट प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले इलाम चुलाचुली गाउँपालिका–३, स्थायी घर भएका २४ वर्षीय राज राईलाई नियन्त्रणमा लिएको हो ।
गोप्य सूचना पाएपछि पुगेको टोलीले उक्त गेस्टहाउसमा राई बस्ने गरेको कोठाबाट लुकाईछिपाई राखिएको अवस्थामा १०.६६ ग्राम ब्राउन सुगर बरादम भएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार राईको साथबाट एसर कम्पनीको ल्यापटप एउटा, मोबाइल पाँचवटा, नेपाली रुपैयाँ ५६ हजार र भारतीय रुपैयाँ २५ हजार पनि प्रहरीले बरामद गरेको छ । राईलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम प्रहरी वृत्त महाराजगंजको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij