Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

वन अतिक्रमण गरी बनाइएको चार कोठे भवनमा डोजर 

वन अतिक्रमण गरी बनाइएको चार कोठे भवनमा डोजर 

  • काठमाडौं। डिभिजन वन कार्यालय लहानले वन अतिक्रमण गरी बनाइएको चार कोठे भवन भत्काएको छ। गोलबजार नगरपालिका - ९ चोहर्वा ब्यारेक नजिक स्थानीय सत्यदेव यादवले वन अतिक्रमण गरी बनाएको चार कोठे भवन भत्काएको हो।

    onlinepatrika
    Arghakhachi

    निर्माणाधीन अवस्थामै वन कार्यालयले निर्माण कार्य रोक्न मौखिक तथा लिखित अनुरोध गर्दागर्दै निर्माण गरेको भन्दै वनको अतिक्रमण नियन्त्रण गर्ने योजना अनुसार आज घर भत्काएको डिभिजनल वन कार्यालय लाहानका अधिकृत सुजीत कुमार झाले जानकारी दिए ।

    AGNI GROUP

    उनले वनको जमिनमा घर निर्माणकै क्रममा हामीले पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदा–गराउँदै २०७९ को निर्वाचनको समय पारेर घर निर्माण गरेको बताए।

    उनले कार्यालयबाट १५ दिने सूचना काटेर आज नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा जग्गा खाली गराएको जानकारी दिए। सोही वडाका वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले पनि निर्माणको क्रममा आफूले लिखित र मौखिक रुपमा घर नबनाउन भनेपनि उनले अटेर गरेर घर बनाएको बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij