Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको बजेट बहुमतले पारित भयो 

आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको बजेट बहुमतले पारित भयो 

  • काठमाडौं । सरकारले ल्याएको बजेट महुमतले पारित भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको सो बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो ।

    onlinepatrika
    Arghakhachi

    जेठ १५ गते पेश गरेको बजेट लगातारको छलफलपछि मंगलबार बहुमतले पारित गरिएको हो। अर्थमन्त्री वर्षमान पुनले संसदका दुबै सदनको संयुक्त बैठकमा  बजेट पेश गरेका थिए । 

    AGNI GROUP

    मंगलबार परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका बजेट शीर्षकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका थिए।

    त्यसपछि प्रतिपक्षी दलका ३१ सांसदले राखेको खर्च कटौतीको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएको थियो। यसरी प्रस्तुत गरिएका सबै प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरिएको थियो।

    त्यसलगत्तै विनियोजन विधेयकका दफालाई निर्णयार्थ प्रस्तुत गरी बहुमतले पारित भएको घोषणा गरियो। त्यसपछि अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।

    त्यसपछि सभा संचालन गरिरहेकी उपसभामुख इन्दिरा रानाले विनियोजन विधेयक २०८१ बहुमतले पारित भएको घोषणा गरिन्। अहिले प्रतिनिधिसभा बैठकमा अर्थ विधेयकमाथि सैद्धान्तिक छलफल भइरहेको छ। 

    सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ। छलफलका क्रममा बजेट सन्तुलित नभएको भन्दै सत्तापक्षकै सांसदले समेत असन्तुष्टि व्यक्त गरेका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij