Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इजरायलमा केयर गिभरमा जान चाहने ८ सय जनाको लागि आवेदन माग

इजरायलमा केयर गिभरमा जान चाहने ८ सय जनाको लागि आवेदन माग

  • काठमाडौं । इजरायलले ८ सय नेपाली कामदारलाई श्रमका लागि लैजाने गरी आवेदन माग गरेको छ ।
    वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी दीर्घकालीन स्याहार केन्द्रका लागि ८ सय जनाको लागि आवेदन खुल्ला गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    नेपाल र इजरायलबीच भएको दुईपक्षीय श्रम सम्झौताअनुसार कामदार पठाइने भएको हो । यसमा निजी क्षेत्रको कुनै संलग्नता छैन । इजरायलले ८ सय जना कामदार माग गरेको मध्ये ५ सय जना मुख्य उम्मेदवार हुनेछन् भने बाँकी तीन सय जनालाई वैकल्पिकमा राखिने छ ।

    AGNI GROUP
    इजरायल जान इच्छुकले आजबाट लागू हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्ने विभागले उल्लेख गरेको छ । विभागका अनुसार २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १ दशमलव ५ मिटर उचाई भएको, कम्तीमा ४५ किलोग्राम तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएसएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा पास भएकाले आवेदन दिन पाउने छन् ।
     

    यो श्रमका लागि इजरायल जानेको मासिक तलब ५८ सय ८० इजरायली मुद्रा तोकिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij