Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौं महानगरपालिका वडा-३२ का अध्यक्ष नवराज पराजुलीले महानगर प्रमुख बालेन शाहको स्टाटसप्रति विरोध गरेका छन् । सोमबार भएको नगर सभाको १५ औं अधिवेशनको तेस्रो बैठकमा उनले आक्रोश पोखेका हुन् ।
उनले भने,‘मेयर सापले जुन ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो भनेर स्टाटस राख्नुभएको छ,त्यसप्रति दुस्ख व्यक्त गर्दछु, के हामी निरंकुश नै हो ? ,हामीले सबै मिलेर सहजीकरणमा लागेकै थियौँ, स्टाटस हाल्दा मर्यादालाई ख्याल गर्नुपर्छ ।’
त्यस्तै, वडा-१५ का अध्यक्ष ईश्वरमान डंगोलले पनि यो स्टाटसले राति सुत्न नसकेको भन्दै आक्रोश पोखे। उनले भने,‘घरमा सुत्न सकिन, हामीले के बिगारौँ, के लेनदेन गरौँ ? ।’
असार २ गते कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरी हलबाट बाहिरिएपछि शाहले नगरसभामा नेपाली कांग्रेस र एमालेको धङधङी बोकेर नआउन आग्रह गर्दै सामाजिक सञ्जालमा स्टाटस राखेका थिए ।
उनले उल्लेख गरेका थिए,‘ ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो,काठमाडौं महानगरको कुनै पनि नीति, योजना बारेमा छलफल बन्द कोठामा हुँदैन, जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ, यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ, नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रूपमा रहँदैन, १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ, बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगर पालिकाले गर्दैन, काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij