Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अछामको मंगलसेनमा खरिद ऐनविपरीत औषधि खरिद गरेपछि...

अछामको मंगलसेनमा खरिद ऐनविपरीत औषधि खरिद गरेपछि...

  • काठमाडौं । अछामको मंगलसेन नगरपालिकाले खरिद ऐनविपरीत औषधि खरिद गरेको छ। नगरपालिकाले सूचना समेत जारी नगरेरै ३३ लाख ५८ हजार ५८४ मूल्यका औषधि खरिद गरेको हो। 

    onlinepatrika
    Arghakhachi

    सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उप–नियम १ (क) मा २० लाख रुपैयाँसम्मको औषधिजन्य मालसामान उत्पादकले राष्ट्रियस्तरको समाचार पत्रमा सूचना प्रकाशित गरेर तोकिएको विक्री मूल्यमा सोझै खरिद गर्न सकिने व्यवस्था छ।

    AGNI GROUP

    तर मंगलसेन नगरपालिकाले भने सार्वजनिक खरिद ऐन विपरीत ३३ लाख ५८ हजार ५८४ रुपैयाँ खर्चेर सोझै औषधि खरिद गरेको छ। ती औषधि कुन औषधि कम्पनीबाट उत्पादन भएको हो त्यसको मूल्य कुनै पनि राष्ट्रिय पत्रिकामा प्रकाशन गरिएको छैन्।

    आपुर्ति हुने औषधि डब्लुएचओ सटीफाइड हुनुपर्ने, औषधिको उत्पादन मिति, ब्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरेर सम्वन्धित विषय विज्ञबाट मुचुल्का उठाएर राख्नुपर्नेमा त्यस्तो कुनै काम गरिएको छैन्। साथै खरिद गरिएका औषधिको गुणस्तर म्याद सम्बन्धमा एकीन आधार समेत फेला परेको छैन्। औषधिको खर्च घटाउँदा माग फारमको आधारमा घटाउनुपर्नेमा एकमुष्ट घटाउने काम भएको समेत पाइएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij