Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं। कैलाली प्रहरीले पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मितिमा गरेको फैसलाले कैद सजाय तथा जरीवाना तोकेर फरार भएका प्रतिवादीलाई पक्राउ गरेको हो
जिल्ला अदालत कैलालीले विभिन्न गरेको फैसलाले कैद सजाय तथा जरीवाना तोकेर फरार भएका प्रतिवादीलाई कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।
डीएसपीका अनुसार पक्राउ परेका फरार प्रतिवादीहरुमा, १. किर्ते मुद्दामा ५ महिना ८ दिन कैद सजाय तोकिएको धनगढी उ.म.न.पा. १५ बस्ने बर्ष ४० को राम कृष्ण राना, २. किर्ते मुद्दामा ५ महिना ८ दिन कैद सजाय तोकिएको धनगढी उ.म.न.पा. १५ बस्ने बर्ष ३० को राम अप्तार राना, ३. सार्वजनिक मुद्दमा रु.२,०००।– जरिवाना तोकिएको धनगढी उ.म.न.पा.७ बस्ने ३० को प्रकाश खडायत त्यस्तै, ४. लागु औषध मुद्दामा १ महिना कैद सजाय तोकिएको गोदावरी न.पा. ५ बस्ने बर्ष २५ को हरि कुमार खुना र ५. लागु औषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको टीकापुर न.पा. ३ बस्ने बर्ष ३४ को रामसेवक चौधरी रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij