
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी दुरुपयोग गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले ५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । थुनछेक बहस सकिएपछि बुधबार न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले यस्तो आदेश दिएको हो ।
अदालतले काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, काठमाडौं महानगरपालिका– ६ बस्ने कोषका ब्राह्मण पदमा कार्यरत ३६ वर्षीय नवराज घिमिरेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
यस्तै अदालतले काठमाडौं महानगरपालिका– ८ का ५५ वर्षीय सत्यनारायण जोशीलाई ३ लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश दिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले ६ जनाविरुद्ध २ करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij