Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा अभियोग लागेको गोर्खा मिडियाका सञ्चालक जीबी राईको लोकेसन मलेसियामा पत्ता लागि सकेको बताएका छन्।
चितवनको भरतपुर विमानस्थलमा विहीबार (आज) बिहान पत्रकारहरुसँग कुरागर्दै गृहमन्त्री लामिछानेले मलेसियाको गृहमन्त्रीसँग कुरा भएर राईको लोकेसन समेत पत्ता लागेको आश्वासन दिए।
उनले जीबीलाई नेपाल ल्याउने प्रक्रिया भइरहेको भन्दै छिट्टै नेपाल ल्याइने दाबी गरे। उनले यस विषयमा गम्भीर भएर मलेसिया सरकारसँग कुराकानी भइरहेको भन्दै प्राविधिक कारणले नेपाल ल्याउनमा ढिलाइ भइरहेको बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij