Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

छाउगोठमा बसेकी एक किशोरीमाथि सामूहिक बलात्कार

छाउगोठमा बसेकी एक किशोरीमाथि सामूहिक बलात्कार

  • काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिकामा छाउगोठमा बसेकी एक किशोरीमाथि बलात्कार भएको छ । १६ वर्षीया किशोरीमाथि सोमवार राति सामूहिक बलात्कार भएको हो

    onlinepatrika
    Arghakhachi


    किशोरी बलात्कारको आरोपमा एक स्थानीय १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी घरको नजिकैको छाउगोठमा मंगलवार बिहान अचेत अवस्थामा फेला परेकी थिइन। उनलाई अचेत अवस्थामा देखेपछि मंगलवार बिहान स्थानीय एक किशोरीले प्रहरीलाई खबर गरेकी थिइन्।

    AGNI GROUP


    स्थानीय किशोरीले जानकारी दिएलगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुखलगायतले उनको उद्धार गरेर जिल्ला अस्पताल अछाम पठाएको थियो। जिल्ला अस्पताल अछाममा गरिएको स्वास्थ्य परीक्षणमा उनीमाथि बलात्कार भएको पुष्टि भएको हो।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij