Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

टुक्रिँदै गएको सामाजिक सम्बन्ध जोड्न संवाद कार्यक्रम थालनी गर्नु पर्ने सुझाव

टुक्रिँदै गएको सामाजिक सम्बन्ध जोड्न संवाद कार्यक्रम थालनी गर्नु पर्ने सुझाव

  • काठमाडौँ । सहरमा बस्ने व्यक्ति व्यक्तिका बिचमा टुक्रिँदै गएको सम्बन्ध जोड्न छिमेकीसँगको संवाद कार्यक्रम थालनी गर्नु पर्ने सुझाव प्राप्त भएको छ । वडा नं. १५ ले आयोजना गरेको ‘मनोसामाजिक परामर्श’ कार्यक्रमका प्रस्तुतकर्ताहरुबाट यो सुझाव प्राप्त भएको हो । 

    onlinepatrika
    Arghakhachi

    सहरमा बस्ने मानिसहरु असाध्यै व्यस्त भए । आपसमा कुराकानी गर्ने समय पाउँदैनन् । छिमेकीसँगको कुरा त परको कुरा । वडाध्यक्ष ईश्वरमान डंगोल भन्छन, ‘भेट भएर आत्मीय हुने वातावरण बनाउनु सामाजिक व्यवस्थापनका कोणबाट एक तहको सफलता हो ।’

    AGNI GROUP

    मानिसको जीवनमा रस आवश्यक पर्ने भए पनि तनाव व्यवस्थापन गर्न नसकेर व्यक्तिहरु निरास जीवन बिताइरहेको बताउँदै उनले, यसबाट व्यक्तिको स्वास्थ्य, परिवारसँगै समाजको अवस्था जीर्ण हुने धारणा राखे । यो जोखिम घटाउन समाजका सदस्यहरुबिच आत्मीय सम्बन्ध स्थापना बनाउने कार्यक्रम चाहिएको डंगोलको भनाइ छ । 

    वडाले स्थानीयबासीका बिचमा चलाएको मनोसामाजिक परामर्श अहिलेका लागि जरुरी कार्यक्रम हो । कार्यक्रममा सहभागी वडा नं.११ का अध्यक्ष हीरालाल तण्डुकारले, यसप्रकारको सिकाइ विस्तार हुने अपेक्षा राखे । 

    कार्यक्रममा वडाका जनप्रतिनिधि र कर्मचारीसँगै स्वास्थ्य स्वयमसेविका, महिला समिति, नागरिक समाज, संघसंस्था, क्लव, उपभोक्ता समिति, टोल सुधार समितिका प्रतिनिधिहरुलाई सहभागी गराइएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij