Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालेन गरे नगर सभामा आ.व. २०८१/८२ का लागि ६२ बुँदामा नीति प्रस्ताव  

बालेन गरे नगर सभामा आ.व. २०८१/८२ का लागि ६२ बुँदामा नीति प्रस्ताव  

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आर्थिक बर्ष २०८१/८२ का लागि वार्षिक नीति तथा कार्यक्रम नगर सभाको १५ औँ अधिवेशनमा प्रस्ताव गरेका छन् । ज्येष्ठ ३२ गते सभा गृहमा आयोजना गरिएको सभामा उनले काठमाडौँ ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ को परिकल्पनालाई साकार पार्न, सुरक्षित, समावेशी, दिगो र जीवन्त सहर निर्माण गर्नका लागि नीति प्रस्ताव गरिएको उल्लेख गरे । 

    onlinepatrika
    Arghakhachi

    आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन र अन्तरसम्बन्धित क्षेत्रसहित ६२ बुँदे नीति तथा कार्यक्रम प्रस्ताव गरेका हुन् ।

    AGNI GROUP

    अहिलेसम्म प्राप्त उपलब्धीका लागि महानगरबासी, नागरिक समाज, विभिन्न तहका सरकार र सरकारी निकाय, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको निरन्तर सहयोग, सक्रियता र समन्वयबाट प्राप्त भएको उल्लेख गर्दै प्रमुख शाहले आगामी बर्षमा पनि सबै पक्षबाट निरन्तर सहयोगको अपेक्षा गर्नुभयो । 

    चालु आर्थिक वर्षमा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका संस्थागत र सामुदायिक विद्यालयमा अध्ययनरत २० हजार ३२० जना विद्याथीलाई छात्रवृत्ति उपलब्ध गराइएको छ ।

    सामुदायिक विद्यालयमा पूर्व प्राथमिक तहदेखि कक्षा ५ सम्मका २६ हजार ३०५ जना विद्यार्थीलाई दिवा खाजाका लागि संघीय सरकारबाट प्रति दिन हरेकका लागि प्राप्त हुने १५ रुपैयाँमा महानगरपालिकाका तर्फबाट १५ रुपैयाँ थप गरेर प्रति विद्यार्थी दैनिक ३० रुपैयाँ उपलब्ध गराइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij