Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज साँझदेखि काठमाडौं उपत्यकामा केही शीतल हुने

आज साँझदेखि काठमाडौं उपत्यकामा केही शीतल हुने

  • काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ । आज साँझदेखि यहाँ केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    आज साँझदेखि काठमाडौं उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले आज अपराह्न र राति यहाँ मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको जानकारी दिए । 

    AGNI GROUP

    मौसमविद् पुडासैनीका अनुसार मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी छ तर यसलाई प्रिमनसुन गतिविधि नै मान्नुपर्ने उनले बताए । शुक्रबारको तुलनामा आज आंशिकदेखि साधारणतया बदली हुनेछ ।

    आज यहाँको अधिकतम तापक्रम २९ देखि ३१ क डिग्री सेल्सियसबीच रहने विभागको पूर्वानुमान छ । शुक्रबार अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij