Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

टिकटकलाई कानूनी दायरामा ल्याउने सरकारको प्रयास

टिकटकलाई कानूनी दायरामा ल्याउने सरकारको प्रयास

  • काठमाडाैं । सामाजिक सञ्जाल टिकटकलाई सरकारले कानूनी दायरामा ल्याउने प्रयन्त भइरहेको जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टिकटकको नाममा नभई त्यसमा आउने कन्टेन्टप्रति समस्या रहेको भन्दै टिकटकलाई कानूनी दायरामा ल्याउने प्रयन्त भइरहेको बताएकी हुन् ।

    AGNI GROUP

    उनले नेपालको कानूनी व्यवस्थाका आधारमा दर्ता भइ सञ्चालन भए टिकटक प्रति कुनै प्रतिबन्ध नहुने जनाइन् । शर्माले बुधबारमात्रै फेसबुकका प्रतिनिधिसँग छलफल भएको र नेपालको नियमकानून अनुसार चल्नुपर्नेमा जोड दिएको दिइन् ।

    उनले आगामी मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल विधेयकलाई संसदमा पठाउने र त्यसपछि बृहत छलफल गर्दै यसलाई पारित गर्ने जानकारी दिए ।

    उनले नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवर्द्धन गराउन सुचनाको हक कार्यान्वयनमा सरकारले जोड दिएको पनि बताए ।

    त्यस्तै शर्माले सुचनाको हक सम्बन्धी ऐन कार्यान्वयनका लागि अन्तरमन्त्रालय समन्वय, अनुगमनका साथै नागरिकको सूचनामा सहज पहुँचका लागि पनि ध्यान दिइएको उल्लेख गरिन् । संसद, राजनीतिक दलका साथै सञ्चारमाध्यमहरुको योगदान सुशासन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने उनको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij