Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत शाखा अधिकृतको नक्कली प्रमाणपत्र भएको पाइएको छ ।
शाखा अधिकृत लक्ष्मण शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश अन्तर्गत इन्टरमिडियट तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको छानबिनबाट पुष्टि भएको अख्तियारको भनाइ छ ।
राष्ट्रसेवकको ओहदा तथा लाभ प्राप्त गर्ने उद्देश्यले निजामती सेवाको कम्प्युटर अपरेटर पदमा सुरु प्रवेश गरी बढुवा भई हाल शाखा अधिकृतमा बहाल रही भ्रष्टाचार निवारण ऐनबमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले आरोपपत्र दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij