
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । सप्तरीको राजविराजबाट आँप बोकेर कन्चनपुर आउदै गरेको ट्याक्टर दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
दुर्घटनामा सिरहाको लाहान नगरपालिका–१९का ३२ वर्षीय मोहम्मद इसाद र सप्तरीका २१ वर्षीय सुशिल रामको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको विराटनगरस्थित गोल्डेन सिटीमा उपचार भइरहेको छ ।
हुलाकी सडक खण्डमा पर्ने सुब्बाटोलमा शनिबार साँझ स १ त ६२९५ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको थियो । हुलाकी सडक भएर राजविराजबाट आँप लिए कञ्चनपुरतर्फ आउँदै गरेको ट्याक्टर सडकबाट झण्डै १० मिटर तल खसेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij