
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । बाराबाट नक्कली नेपाली नोटसहित ४ जना पक्राउ परेका छ्न ।
पक्राउ पर्नेमा बाराका २५ वर्षीय राजन चौधरी, १९ वर्षीय आकाश चौधरी, रौतहटका १९ वर्षीय मोहन कुमार साह र भारत बिहार राज्य, मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा-७ का ४० वर्षीय मोहमद आलम रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले १३ लाख १६ हजार नक्कली नेपाली नोट बरामद गरेको छ भने ना ३४ प ३५१२ र बीआर ०६ ए।डब्लु २७५८ नम्बरको मोटरसाइकल, एकवटा साइकल समेत बरामद पनि गरेको छ । सिम्रौनगढ नगरपालिका-९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले विशेष सूचनाको आधारमा सोमबार पक्राउ गरेको उनीहरूलाई आज सार्वजनिक गरेको बारा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij