
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । महालक्ष्मीस्थान मन्दिर मर्मत र संरक्षणका लागी आर्थिक संकलन गर्ने महाअभियान सुरु भएको छ । महानगरपालिकाको वडा नम्बर ५ मा रहेको महालक्ष्मीलाई चाँदीका अलंकारद्धारा सजाउन आर्थिक संकलन शुरु भएको हो ।
महालक्ष्मीस्थान व्यबस्थापन समितिले २०५१ सालदेखि मन्दिरको संरक्षण गर्दै आएको छ । महालक्ष्मी मन्दिरको महत्वलाई अभिवृद्धि र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अभिप्रायले मन्दिरको गर्भगृहमा रहेको ऐतिहासिक र पुरात्तात्विक महत्वलाई खलल नपर्ने गरी चाँदीका अलंकार द्धारा सजाउने संकल्प गरेको महालक्ष्मीस्थान व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम ढुंगानाले अनलाइन पत्रिकालाई बताउनुभयो ।
मन्दिरको संरक्षणका लागी आर्थिक सहयोग गर्ने दाताहरुको नाम अभिलेखिकरण गरिने आयोजक पक्षले जनाएको छ । महालक्ष्मीस्थान मन्दिरलाई धार्मिक पर्यटकीय रुपमा विकास गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै चिनाउन सकिने ललितपुर महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले बताउनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij