
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । मीनभवनस्थित सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय अगाडि काठमाडौं महानगरपालिकाले एक ट्रक धुलो खन्याएको छ ।
कलंकीदेखि महाराजगञ्जसम्मको रिङरोड विस्तारका काम अघि बढाएको भन्दै विरोधस्वरूप एक ट्रक धुलो खन्याएको महानगरका प्रमुख बालेन्द्र शाहले जानकारी दिए । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठप्रति आक्रोशसमेत व्यक्त गरेका छन् ।
महानगरले अकारण गाली खाइरहनुपरेको उल्लेख गर्दै मेयर शाहले जबसम्म काम अघि बढ्दैन त्यतिबेलासम्म मन्त्री महासेठलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने घोषणा समेत गरेका छन् ।
‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर सुइकार्नु होला ।’ उनले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij