Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

बिहेको एक सातामै पतिविरुद्ध  बलात्कार मुद्दा...

बिहेको एक सातामै पतिविरुद्ध  बलात्कार मुद्दा...

  • काठमाडौं । काठमाडौंमा एक नवविवाहित महिलाले बिहेको एक सातामै पतिविरुद्ध  बलात्कार मुद्दा हालेकी छिन् । श्रीमान्‌ले आफ्नो असहमति हुँदाहुँदै पनि शारीरिक सम्पर्क राखेको भन्दै वैवाहिक बलात्कार मुद्दा हालेका हुन् ।

    images
    images
    images

    दुलाहाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ । उनलाई ५ वर्ष कैद सजाय गर्न माग गरिएको छ । त्यो जोडीको गत वैशाख ७ गते बत्तिसपुतलीस्थित एक रेस्टुरेन्टमा भव्य बिहे भएको थियो ।

    जापानमा १० वर्षदेखि बस्दै आएकी कमलाले दोस्रो बिहे गरेकी हुन् । पारिवारिक चिनजान रहेका केटा सँगै प्रेम सम्बन्ध थियो । महिलाले नेपाल आएर उनै प्रेमीसँग बिहे गरेकी हुन् । जापानमै रहेका श्रीमान्सँग सम्बन्ध बिग्रिएपछि उनी दोस्रो विवाह गरेकी बताइएको छ । केटाको पनि दोस्रो बिहे थियो ।

    बलात्कारको उजुरी परेपछि दुलाहाले भने दुलहीले सँगै सुत्न नमानेपछि विवाहमा दिएको सबै सुनका गरगहना खोसेको बताएका छन् । दुलाहाले ‘तपाईँको छोराको अन्य केटीहरूसँग सम्बन्ध रहेछ’ भनेको दुलहीका परिवारलाई भनेपछि मुद्दा परेको हो ।

    यता दुलहीको दिदीले विवाहको दुई दिनमै दुलाहाले दाइजो र विवाह भोजको रकम मागेको आरोप लगाएकी छिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij