
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको दोहोर्याएका छन् । उनले त्यसबाट उन्मुक्ति पाउन नसक्ने कांग्रेसको ठहर रहेको कोइरालाको भनाइ छ ।
‘यसमा कुनै पनि द्विविधा छैन । जसले उहाँलाई बचाउन खोज्छ, त्यो पार्टी होस् वा व्यक्ति होस् । ती सबै एक्पोज भएर जान्छन् भोलि । यो गम्भीर विषय छ’, नेपाल प्रेस युनियनले विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ।
मन्त्री लामिछानले आफूले कुनै गल्ती नगरेको बताउने गरेको भन्दै कोइरालाले उनलाई त्यसो भए पद छोड्न आग्रह गरे । भने, ‘अर्को मन्त्रालय जानुस्, नेपाली कांग्रेसले राजीनामा पनि माग्दैन । प्रहरीलाई स्वतन्त्र भएर काम गर्न दिनुस् ।’
गृहमन्त्री लामिछानेले आफ्नो ढाकछोप गरिरहेको उनको भनाइ थियो । ‘गृहमन्त्री भएकाले उहाँलाई सहकारी ठगीमा उन्मुक्ति दिने ?’, कोइरालाको प्रश्न छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij