Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

धनकुटाको छोरी म

धनकुटाको छोरी म

  • आमा म आत्तिएको छैन् ,

    onlinepatrika
    Arghakhachi

    मलाई तिखो बाण हानेर छेडियो , 

    AGNI GROUP

    मेरा हातहरु समातेर राखियो ,

    मलाई खाल्डोमा झारियो ,

    अझै म आत्तिएको छैन् ।

    आँखा हेर्दा-हेर्दै म

    अन्धो बने ,

    कान सुन्दा-सुन्दै म

    बहिरो बने ,

    गलेर झरेछु म

    तर अहँ

    सकिएको छैन् ,

    म यस्तै छु

    छोइदिएछु अलिकति

    भत्किएको छैन् ,

    अस्तित्व मेटिएको हैन् ,

    आमा म आत्तिएको हैन् ।

    गहभरी तिम्रो म

    भक्कानिएको छैन,

    तिम्रो कोमल मनहरुमा

    म फक्रिएँ

    तिम्रो मायामा म

    झागिएँ ,

    कुनै दिन त म

    राजकुमारी बनी

    बाँचेका दिनहरु थिएँ

    त्यो सुख-सयलमा

    पनि त म

    कहिल्यै

    मात्तिएको हैन

    आज मलाई लडाउन

    सबै लागेका छन्

    म लडेर विक्षिप्त बन्दा

    मलाई हेरेर मज्जा लिनेहरू

    म लडेको हेर्न

    हतारो गर्नेहरु

    मेरो अघि-पछि गर्दै

    मलाई नै चिहाइ रहेछन् !

    म माथि

    घात-प्रतिघात गर्नेहरु

    मलाई नै रमिते गर्दैछन्

    मलाई भगवान माथि

    भरोसा छ

    मलाई

    म सँग

    भरोसा छ

    त्यसैले

    आमा म

    आत्तिएको छैन

    मैले दुःखहरू देखेको छु

    सुख सुविधा झेलेको छु

    चोटहरू सँगै हिडेकोछु ।।

    त्यसैले त

    शरीर यो नढलेसम्म

    थोपा रगत रहेसम्म

    म भिडदैछु

    लडाइँ यो म लडदैछु

    केही होइन

    कही होइन

    खाली मृत्युलाई

    पराजय गर्न भनी

    म हिँडदैछु

    लडेर फेरि म

    उठदैछु

    अझ पनि म

    डराएको छैन,

    त्यही भिडमा छु म आमा

    कहिल्यै कतै हरा’को छैन

    कुनै बेला म

    हराए छु भने

    मलाई नखोज्नुस्

    कुनै प्रहर म

    कराएछु भने

    मलाई नरोक्नुस्

    म फेरि पनि

    फूलहरु सँगै फुल्नेछु

    धानका बालाहरू जस्तै झुल्नेछु

    कही कतै मझेरीहरूमा ।।

    त्यही  टिठ लाग्दो  अधेरीहरूमा

    हो आमा

    दु:खेको छ मलाई

    अलिकति गलेको छु म

    बाल्यकालका ती यादहरुमा

    तर, आत्तिएको छैन्

    सबै-सबै

    एकै स्वर गरी

    म माथि ओइरिएको छ

    भेडा बाख्रा जस्तो गरी

    मलाई

    खेदिइएको छ

    तर पनि म भागेको छैन,

    दयाको भिख

    मागेको छैन,

    म धनकुटाको छोरी

    राजारानीको चेली

    त्यहीँ पानी पिएको

    खदम खोलामा खेलेको

    रानी धापमा डुब्दै

    राजा धापमा फुल्दै

    हुर्किएको म

    त्यसैले त म

    आत्तिएको छैन

    सबथोक नयाँ-नयाँ देख्दैछु

    सुन्दैछु

    अलि-अलि बुझदैछु’

    धेरै पल्ट चोइटिएछु

    भाँचिएछु

    टुक्रिएका मेरा भग्नावशेषहरु

    मायाले सुम्सुमाउदै

    म आफैले फेरि

    अर्को पल्ट

    मुसार्दै-हेर्दै

    फेरि पनि

    बाँच्दैछु

    सम्झना छ मलाई

    निन्द्राबाट झस्केपछि

    बितेका ती आधा रातहरू

    आँसु  झरेका ती नमिठा पलहरु

    निदाउन नसकेका ती सिङ्गै रातहरु

    ती सबै-सबै सम्झना छ

    तिखा-तिखा बचनहरु

    अनि त्यसले घोचेर

    छिद्रा-छिद्रा परेका

    नि मनहरु ११

    छटपटीमा एकलै भक्कानिएका

    ती सबै-सबै क्षणहरु !

    म, मलाई

    ढाँट्न सक्दिन

    मेरो घाइते स्वाभिमान अनि म ,

    आफूले आफैलाई

    काट्न सक्दिन

    तर ती मोतिका दानाहरु

    सधै-सधै

    मोति  बनेर नै रहन्छन्

    फुलिरहनेछन्

    फक्रिरहनेछन्

    बिहानिको शित बनेर

    बाँसुरीको धुन अनि मितः बनेर

    मिठो गितः बनेर

    भुइँमा झर्ने छैन

    मर्ने छैन

    खरानी बने पनि शरीर

    यी शब्दहरू

    बाँचिरहनेछन्

    सत्य त सधै

    सत्य रहन्छ

    युगौं-युग

    यी आवाज गुन्जिरहन्छ

    अर्को युगसम्म

    हेर्नुस् त आमा

    अझै पनि म आत्तिएको छैन

    सुख सयलमा

    मलमलमा पनि त म

    मात्तिएको छैन।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij