Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विश्वासको मतको प्रक्रिया अवरोध नगर्न सभामुखको आग्रह

विश्वासको मतको प्रक्रिया अवरोध नगर्न सभामुखको आग्रह

  • काठमाडौं । सभामुख देवराज घिमिरेले मुलुकको कार्यकारी प्रमुखले संसद् बैठकमा आफ्नो बहुमत परीक्षण गर्छु भन्दा त्यसलाई प्रभावित गर्न नहुने बताउनुभएको छ । आज नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।

    onlinepatrika
    Arghakhachi

    संसद् नेतृत्वको हिसाबले आफूले त्यसको व्यवस्थापन गर्ने उहाँले बताउनुभयो । सो विषयलाई गम्भीरतापूर्वक लिन उहाँले प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलको ध्यानाकर्षण गराउनुभयो । 

    AGNI GROUP

    आजको सत्तापक्ष भोलि प्रतिपक्ष र आजको प्रतिपक्ष भोलि सत्तापक्ष हुने उहाँको भनाइ छ । त्यसैले प्रमुख प्रतिपक्षी दललाई वेटिङ इन गभर्मेन्ट भन्ने गरिएको उहाँले प्रष्ट पार्नुभयो । “आज कस्तो अभ्यास बसाउने, कस्तो परम्परा बसाउने भन्ने विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ” उहाँले थप्नुभयो, “आज प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यक्रममा नै अवरोध गर्ने कुराले कालान्तरसम्म प्रभावित बनाउन सक्छ ।”  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij