
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । गृह मन्त्रालयले ३ जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा खगेन्द्रप्रसाद रिजाललाई सरुवा गरिएको छ । उनी बागलुङमा कार्यरत थिए ।
बागलुङको प्रजिअमा नेत्रप्रसाद सुवेदीलाई पठाइएको छ । पर्वतको प्रजिअमा सहसचिव केदारनाथ शर्मालाई पदस्थापन गरिएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रजिअहरुको सरुवा तथा पदस्थापन निर्णय गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij