Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

धम्कीले कांग्रेस डराउँदैन : ओलीलाई शेखरको जवाफ

धम्कीले कांग्रेस डराउँदैन : ओलीलाई शेखरको जवाफ

  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै राजनीतिक दलको धम्कीले नडराउने बताएका छन्  ।  बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कुनैपनि राजनीतिक दलले कांग्रेसलाई धम्क्याउन नसक्ने बताएका हुन् । 

    images
    images
    images

    राजाको धम्कीबाट कांग्रेस नडराएको भन्दै अहिले कुनैपनि राजनीतिक दलको धम्कीबाट नडराउने उनको भनाई छ । बुधवार एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेप्रति आरोप लगाउँदा हेक्का राख्न भन्दै कांग्रेसलक्षित चेतावनी दिएका थिए ।

    सोही विषयलाई लिएर नेता कोइरालाले कांग्रेस कुनैपनि राजनीतिक दलको धम्कीबाट नडराउने बताएका हुन् । देशको राजनीतिक परिस्थिति जटिल अवस्थामा गइरहेको उनको भनाई छ ।

    कोइरालाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफ्नो धारणा राख्न दिने तर कांग्रेसलाई चित्त नबुझे आफ्नो कुरा राख्ने भन्दा सत्तारूढ दलहरू नमानेको आरोप लगाए ।

    सहकारी प्रकरणमा बारम्बार नाम जोडिएपछि संसदीय छानबिन समिति बन्नुपर्छ भन्दा सत्तारूढ दलहरू नमान्नुले गम्भीर प्रकृतिको विषय बनेको उनले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij