Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । भरतपुर महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै २०८० फागुन १७ गते आव्हान गरिएको टेन्डर रद्द भएको जानकारी दिएको हो । भरतपुर महानगरपालिकामा अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आह्वान गरिएको टेन्डर रद्द भएको छ।
सार्वजनिक खरिद अनुमगन कार्यालयले ठेक्का प्रक्रिया नियमसंगत नभएको उल्लेख गरेपछि ठेक्का रद्द गरिएको भरतपुर महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले उक्त रंगशाला निर्माणका लागि १ अर्ब २२ करोड रुपियाँको टेन्डर आह्वान गरेको थियो । उक्त टेन्डर एकमात्र एमए कन्स्ट्रक्न प्रालिले ठेक्का हालेको थियो । आफ्ना मान्छेलाई टेन्डर पार्नका लागि अवान्छित गतिविधि गरेको भन्दै निर्माण व्यवसायीहरूले महानगरको तीव्र आलोचना गरेका थिए ।
टेन्डर रद्द भएसँगै रंगशालाको पहिलो चरणको निर्माणका लागि अब नयाँ टेन्डर आह्वान गरिने भएको छ । गत कात्तिकमा बागमती प्रदेश सरकारको ७० र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानीमा निमार्ण सम्झौता गरेका थिए ।
संघीय सरकारले पनि यस रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिसकेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij