
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । ५४ वर्षको उमेरमा कलाकार उज्ज्वल केसीको निधन भएको छ । लामो समयदेखि बेल्जियममा बस्दै आएका उनको शनिबार हृदयघातबाट निधन भएको हो ।
घरमा बसिरहेका केसीलाई शनिबार एक्कासि हृदयघात भएको र अस्पतालसमेत लैजान नपाई मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
विभिन्न चलचित्रमा अभिनय गरेका केसीले म्युजिक भिडियोहरूको पनि निर्देशन गरेका थिए । पूर्व रेडियोकर्मी समेत रहेका उनले नेपाल टेलिभिजनमा दी भोइस नामक कार्यक्रमसमेत सञ्चालन गरेका थिए ।
दुई दशकअघि बेल्जियम पुगेका उनी त्यहाँ पनि कलाकारितामा सक्रिय थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij