Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सेयर बजारमा वृद्धि, कारोबार रकम कति ?

सेयर बजारमा वृद्धि, कारोबार रकम कति ?

  • काठमाडौं-  साताको दोस्रो  दिन  कारोबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार २४.३९ अंकले बढेर १९९८ को विन्दुमा कायम हुन पुगेको छ ।

    images
    images
    images

    यस दिन नेप्सेमा कारोबार भएको आज ३२० कम्पनीको ९५ लाख ४१ हजार १७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४० करोड ८६ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।

    आज बजारमा सुधार आउँदा ८ वटा उपसूचकमा हरियाली छाएको छ ।  सेयर मुल्य बढेका कम्पनीहरु : नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त, माण्डु हाइड्रोपावर, श्रृजनशील लघुवित्त र हिमालयन उर्जा विकास कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

    बढी कारोबार गर्ने कमपनीहरु  :  नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।  आज कम्पनीको ३० करोड ८० लाख रुपैया बराबरको कारोबार भएको छ ।

    कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिइडिबी हाइड्रोपावरको २८ करोड २३ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

    त्यस्तै कर्णाली डेभलपमेन्ट बैंकको ९ करोड ३२ लाख २२ हजार रुपैयाँ, पोखरा फाइनान्सको ६ करोड ८५ लाख ४९ हजार रुपैयाँ र कुमारी बैंकको ६ करोड ५६ लाख १८ हजार रुपैयाँको कारोबार भएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij