Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

माछापुच्छ्रे बैंकद्धारा दुर्घटना बीमाको १० लाख भुक्तानी

माछापुच्छ्रे बैंकद्धारा दुर्घटना बीमाको १० लाख भुक्तानी

  • काठमाडौं -  माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्र्तगत दुर्घटनामा परी मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बीमा अन्तर्गतको १० लाख रकम भुक्तानी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    बैंकको आदर्शनगर वीरगञ्जस्थित शाखामा खाता रहेका ग्राहक लालबाबु प्रसाद यादबको बाइक दुर्घटनामा मृत्यु पश्चात उनकी श्रीमती शोभा यादवले गरेको दाबी अनुसार यही वैशाख ३० गते उक्त बीमा रकम श्रीमती यादवलाई हस्तान्तरण गरेको हो ।

    AGNI GROUP

    बैंकका चिफ बिजनेश अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख शुसिल थपलियाले उक्त मृत्यु दाबी चेक मृतक यादवकी श्रीमती शोभा यादवलाई हस्तान्तरण गरेका हुन् ।

    बैंकले न्यू स्मार्ट तलव खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्म विभिन्न जटिल रोगको उपचार बीमा, १ लाखसम्म अस्पताल भर्ना एवम् औषधि उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij