
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । साँगाचोकगढी नगरपालिका-८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चौतारातर्फ आउँदै गरेको बागमती प्रदेश ०२००६ प ९५३९ नं को मोटरसाइकलको पछाडि सवार २३ वर्षीय इन्दिरा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको श्रीमान् मोटरसाइकल चालक सन्तोष दुलाल घाइते भएका छन् । विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१-००६ ख.२७१६ नं.को टिपरसँग भेट हुँदा मोटरसाइकल अनियन्त्रित भएको थियो । अधिकारीलाई उपचारका लागि चौतारा अस्पताल ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij