Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

धनुषामा लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ

धनुषामा लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ

  • काठमाडौं । लागू औषध खैरो हिरोइनसहित धनुषामा दुई जना पक्राउ परेका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनीहरू मिथिला नगरपालिका– ९ बडहरीस्थित पूर्वपश्चिम लोक मार्गबाट पक्राउ परेका हुन् । उनीहरू महोत्तरीको बर्दिबास नगरपालिका– २ का २३ वर्षीय दीपक महतो र सोही ठाउँका २८ वर्षीय सुभाष परियार छन् ।

    images

    लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय जनकपुरधामले इलाका प्रहरी कार्यालय ढल्केवर अस्थायी प्रहरी पोस्ट बडहरी धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलीले ढल्केबरबाट बर्दिबास तर्फ जाँदै गरेको सवारी साधनहरूलाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट ४.२ ग्राम खैरो हिरोइन लागु पदार्थ बरामद भएको हो ।

    images

    धनुषा प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक रञ्जन अवालेका अनुसार पक्राउ परेका आरोपितहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय ढल्केवरमा राखेर थप अनुसन्धान भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij