
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । आज काठमाडौंमा अपांगता भएका व्यक्तिहरूले दबाबमूलक र्याली निकालेका छन् ।
सरकारले सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनु पर्ने माग गर्दै उनीहरुल १५ मिनेट चक्काजाम समेत गरेका छन् । शान्ति वाटिकामा भेला भएका उनीहरूले ह्विलचेयरर्याली मार्फत भद्रकालीमा पुगेर कोणसभा गरेका छन् ।
अनवरतको अनसन र धर्नापछि गत चैत १४ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र अनसनरत पक्षबीच माग पुरा गर्ने सहमति भएको थियो ।
सहमतिअनुसार सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यही वैशाख १ देखि सुरु गर्ने भनिएको थियो । तर अझैसम्म माग पुरा नभएको भन्दै उनीहरुले दबाबमुलक कार्यक्रम गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij