
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । वर्षा भएपछि तनहुँका कृषकहरू खुसी भएका छन् । आकाशे पानीको भर पाखो बारीमा खेती गरिने मकै, अदुवा, पिँडालु, हलेदो र तरकारी खेतीलाई सहयोग पुर्याएको छ ।
मङ्गबार साँझ देखिको वर्षाले किसानलाई राहत पुगेको छ मकै छर्न नभ्याएकाले छर्न पाएको र छरेको कृषकलाई खडेरीले सुकेको मकैलाई वर्षाले राहत मिलेको व्यास नगरपालिका–६ शिसाघाट स्थित स्थित न्यु अभियान कृषि उत्पादक कृषि सहकारीका अध्यक्ष निजावदिन मियाले जानकारी दिनुभयो ।
सिँचाइको उपयुक्त समय मानिन्छ । देवघाट ३ छिपछिपेका अदुवा उत्पादक कृषक रामबहादुर थापामगरले पानी परेपछि अदुवा लगाउन पाएको बताउनुभयो ।
कुलो, नहर, थोपाइ सिँचाइ माध्यमबाट सिँचाइ हुने जग्गामा पानीको अभाव नभए पनि पाखो बारी, सिँचाइ नलाग्ने जग्गामा लगाएका बाली खडेरी मर्न लाग्दै पानी परेपछि जागेको उहाँले बताउनुभयो ।
लामो समय समय सम्म खडेरी पर्दा समय घर्किने पिरमा परेका कृषक हाल पानी परेपछि राहत महसुस गरेको कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो ।
अदुवा बिक्रीबाट गत वर्ष मात्रै करिब २ लाख रुपैयाँ हाता पारे पनि यस पटक समयमा नै पानी नपर्दा चिन्ता भएकोमा पानी परेपछि खुसी मिलेको बताउनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij