
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । प्रोटिन बिना कोही व्यक्ति स्वस्थ रहनु असम्भव हुन्छ । स्वास्थ्यका लागि प्रोटिन एकदमै जरूरी पोषक तत्व हो किनकी यसले मांसपेशीहरूको निर्माण गर्दछ । यदी तपाईं एउटा त्यस्तो सुपरफूडको खोजीमा हुनुहुन्छ जसबाट तपाईंले तुरून्तै ऊर्जा पाउन चाहनुहुन्छ भने मखाना भन्दा राम्रो अरू केही छैन ।
जम्मा १४ ग्राम मखानामा मात्र ९.७ ग्राम प्रोटिन हुन्छ । प्रोटिनले हड्डीलाई बलियो बनाउँछ र सम्पूर्ण स्वास्थ्यलाई बढावा दिन्छ । प्रोटिन बिना कोही व्यक्ति स्वस्थ रहनु असम्भव हुन्छ ।
ड्राई फ्रूट्समा प्रोटिन भरपूर मात्रामा पाइन्छ, जसको सेवन गर्नु सम्पूर्ण स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यस्तोमा लाग्न सक्छ, कुन ड्राई फ्रूट्समा सबैभन्दा धेरै प्रोटिन पाउन सकिन्छ । बदाम सबैभन्दा चर्चित ड्राई फ्रूट्स मानिन्छ ।
बदाम मोटोअनस्याचुरेटेड फ्याट र फाइबर भरपूर मात्रामा पाइन्छ । धेरै फाइदा पाउनका लागि बोक्रासँगै बदाम खाने सल्लाह दिइन्छ । एक चौथाई कप बदाममा चार ग्राम प्रोटिन हुन्छ । अन्य नट्सहरूको तुलनामा पिस्तामा अमिनो एसिड्स धेरै पाइन्छ । यो सबैभन्दा राम्रो प्रोटिनयुक्त ड्राई फ्रूट्स मध्य एकमा पर्दछ किनकी ३० ग्राम पिस्तामा ६ ग्राम प्रोटिन पाउन सकिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij