Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

जुम्लामा भीरबाट खसेर ७० वटा भेडा मरे

जुम्लामा भीरबाट खसेर ७० वटा भेडा मरे

  • काठमाडौं । भीरबाट खसेर जुम्लामा ७० वटा भेडा मरेका छन् । भेडाहरुको बथानमा भालु पसेपछि तर्सिएर भागेका भेडाहरु भीरबाट खसेर मरेका हुन् ।

    images
    images
    images
    भागेका एक सय दुई वटा भेडा भीरबाट खसेका थिए । जसमध्ये ७० भेडा मरेको जुम्ला तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष अमर रोकायाले जानकारी दिए ।

    ‘जुम्लाको तातोपानी गाउँपालिका– ७ बारागाउँको थुमलचौरमा गएराती अन्दाजी २ बजेतिर बसिरहेका भेडाहरुको बथानमा भालु पसेको थियो ।’ उनले भने, ‘बारागाउँका स्थानीय मगे रावत र सिउल रावतका १०२ वटा भेडामध्ये थुमलचौरको भीरबाट खसेर ७० भेडा मरेको भेटिएका छन् ।’

    images

    वडाध्यक्ष रोकायाका अनुसार ३१ भेडा बेपत्ता भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij