Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । गायिका एलिना चौहानले विवाहपछि जीवनमा धेरै परिवर्तन हुने बताएकी छन् । पहिलेको तुलनामा विवाहपछि बोल्दा र क्रियाकलाप गर्दा धेरै सोच्नुपर्ने उनको भनाइ छ । ‘पहिलेजस्तो यताउति हिँड्दा, केही क्रियाकलाप गर्दा म अब बुहारी हो । यस्तो गर्नुहुन्न भन्ने डर पस्दो रहेछ’, एलिनाले भनिन्, ‘विवाह गरेर जाने घर नयाँ ठाउँ भएकोले एक किसिमको डर रहने रहेछ ।’
विवाहपछि पहिलो पटक एक टेलिभिजन शोमा कुरा गर्दै उनले श्रीमान् विष्णु सापकोटासँग प्रेम र विवाहसम्मका कुरा समेत गरेकी छन् । सोही क्रममा विष्णु सापकोटासँग प्रेम प्रस्ताव पहिलो आफैले राखेको खुलासा गरेकी छन् । उनले भनिन् ‘विष्णुको बोलीचाली र सहयोगी भावना राम्रो लागेर प्रस्ताव राखेको हो ।’ एलिनाले प्रेमी विष्णुसँग गत वैशाख ५ गते परम्परागत विधिबाट विवाह गरेकी हुन् ।
‘पहिलो भेट देखिनै म उहाँप्रति आकर्षित भएको थिएँ । म उहाँप्रति डिप्ली हुनु अगाडि उहाँको कोही छ कि छैन । आफूलाई माया गर्नु हुन्छ कि, हुँदैन क्लियरका लागि प्रस्ताव राखेको थिएँ’, उनले अगाडि थपिन्, ‘माया गर्नुहुन्छ भने पनि ठिक छ । कोही छैन भनेपनि ठिक छ भनेर प्रस्ताव राखेको थिएँ । आफूले ‘आई लभ यु भनेर प्रपोज नराखेको तर आफ्नो कुरा भने राखेको उनको भनाइ थियो ।
एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गरेका थिए । विवाह अगाडि उनीहरूको प्रेममा ब्रेकअपको हल्ला पनि फैलिएको थियो । उक्त हल्ला सत्यता नभएको र त्यसले आफूलाई फाइदै गरेको उनको धारणा छ । बिहेपछि उनीहरू अहिले दुबई घुमघाममा छन् भने लगत्तै अस्ट्रेलिया पुग्नेछन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij