Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका जनप्रतिनिधिको सनाखत सुरु गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै आयोगले जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित भएर नवगठित जसपा पक्षधरका प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूको सनाखत प्रक्रिया सुरु गरेको हो ।
‘…नयाँ गठन भएको ‘जनता समाजवादी पार्टी’मा सो दल गठन हुनुभन्दा तत्काल अघिको ‘जनता समाजवादी पार्टी, नेपाल’को तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्यले त्यसरी नयाँ दल गठन भएको एक्काइस दिन (मिति २०८१।०२।१३) भित्र प्रदेश सभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारी समक्ष र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारी समक्ष आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र र नेपाली नागरिकताको सक्कल प्रमाणपत्र साथमा लिई सनाखतका लागि स्वयं उपस्थित हुन यो सूचना प्रकाशन गरिएको छ ।’ सूचनामा भनिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij