
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । पुर्पक्षमा रहेका व्यक्तिहरू छुटाईदिन्छु भनी १७ लाख ठगी गर्ने एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
बाराको कलैया उपमहानगरपालिका–२३ बैराठपुरका २५ वर्षीइ सहदेव पटेललाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
प्रहरी नायब उपरीक्षक न्यौपानेका अनुसार अपहरण र बलात्कार आरोपमा पुर्पक्षका लागि वीरगञ्ज कारागारमा रहेका एक व्यक्तिलाई छुटाइदिन्छु भन्दै पटेलले १० लाख ठगी गरेको आरोप छ । त्यसैगरी बलात्कार केशमा पुर्पक्षमा थुनामा रहेका अर्का व्यक्तिलाई छुटाइदिने भन्दै उनले ७ लाख लिएर ठगी गरेको आरोप छ ।
उनलाई पक्राउ गरि थप अनुसन्धान अगाडि बढाइएको प्रब्क्ता न्यौपानेले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij