
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाल पर्यटन बोर्डका सीईओ छनोटसम्बन्धी कुनै पनि काम नगर्न/नगराउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पाण्डेको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।
अदालतले पर्यटन बोर्डमा रिक्त सीईओ नियुक्तिका लागि छनोट गर्न गठित उपसमितिका सदस्य तथा बोर्ड सञ्चालक समिति सदस्यहरू मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनय गैरकानुनी भएको र छनोट उपसमिति अवैधानिक रहेको जनाएको छ ।
साथै, १५ दिनभित्र रिटमा विपक्षी बनाइएकालाई आफैं वा प्रतिनिधि राखेर लिखित जवाफ पेस अदालतले आदेश दिएको छ ।कार्यकारी प्रमुख छनौट समिति र प्रक्रिया नमिलेको भन्दै अधिवक्ता रमेश बडाल, रमेश प्रसाद धिता र हरिप्रसाद मैनालीले रिट दायर गरेका थिए ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij