Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नग्न भिडियो मगाएर ब्ल्याकमेल गर्ने युवक पक्राउ

नग्न भिडियो मगाएर ब्ल्याकमेल गर्ने युवक पक्राउ

  • काठमाडौं । रोजगारी दिलाउने बहानामा नग्न भिडियो बनाएर ब्ल्याक मेल गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।सिन्धुलीको तीनपाटन गाउँपालिका–८ स्थायी घर भई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-८ बस्ने ३६ वर्षीय कमलप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    अधिकारीले पाथीभरा माता नाम गरेको फेक फेसबुकमार्फत रोजगारीका विभिन्न प्रस्तावहरूको प्रचार गरेका थिए । त्यसका लागि फिजिकल फिटनेसको चेकजाँच गर्नुपर्ने भन्दै नग्न फोटो तथा भिडियो माग्ने गरेका थिए ।

    AGNI GROUP

    नग्न फोटो तथा भिडियो गरी प्राप्त गरे पश्चात् उनले भने अनुसारका गतिविधि नगरे सोही भिडियो तथा फोटो सामाजिक सञ्जालमा पब्लिक गरिदिने भनी ब्ल्याकमेल गरी दुःख हैरानी दिने गरेका थिए । प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी दीपक राज अवस्थीका अनुसार यस विषयमा आवश्यक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट यस्तो गर्ने व्यक्ति अधिकारी रहेको खुल्न आएको थियो ।

    उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँबाट शनिबार पक्राउ गरिएको थियो । उनलाई काठमाडौँ जिल्ला अदालतबाट दिन सात म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको उपरीक्षक अवस्थीले बताए ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij