Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नग्न भिडियो मगाएर ब्ल्याकमेल गर्ने युवक पक्राउ

नग्न भिडियो मगाएर ब्ल्याकमेल गर्ने युवक पक्राउ

  • काठमाडौं । रोजगारी दिलाउने बहानामा नग्न भिडियो बनाएर ब्ल्याक मेल गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।सिन्धुलीको तीनपाटन गाउँपालिका–८ स्थायी घर भई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-८ बस्ने ३६ वर्षीय कमलप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    अधिकारीले पाथीभरा माता नाम गरेको फेक फेसबुकमार्फत रोजगारीका विभिन्न प्रस्तावहरूको प्रचार गरेका थिए । त्यसका लागि फिजिकल फिटनेसको चेकजाँच गर्नुपर्ने भन्दै नग्न फोटो तथा भिडियो माग्ने गरेका थिए ।

    नग्न फोटो तथा भिडियो गरी प्राप्त गरे पश्चात् उनले भने अनुसारका गतिविधि नगरे सोही भिडियो तथा फोटो सामाजिक सञ्जालमा पब्लिक गरिदिने भनी ब्ल्याकमेल गरी दुःख हैरानी दिने गरेका थिए । प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी दीपक राज अवस्थीका अनुसार यस विषयमा आवश्यक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट यस्तो गर्ने व्यक्ति अधिकारी रहेको खुल्न आएको थियो ।

    उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँबाट शनिबार पक्राउ गरिएको थियो । उनलाई काठमाडौँ जिल्ला अदालतबाट दिन सात म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको उपरीक्षक अवस्थीले बताए ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij