Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सशस्त्र प्रहरीका निरीक्षकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर

सशस्त्र प्रहरीका निरीक्षकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर

  • काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सशस्त्र प्रहरीका एक निरीक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सशस्त्र प्रहरी बल नेपाल नं. ३६ गण हेक्वा डोटीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक प्रकाशबहादुर चन्दविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।

    AGNI GROUP

    चन्दले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल ऐण्ड इण्टरमीडिएट एजुकेशन यु.पी.बाट जारी भएको हाइस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सशस्त्र प्रहरी परिचर पदमा नियुक्ति लिई त्यसपश्चातका माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र पेस गरेको आयोगले जनाएको छ ।

    आरोपपत्रमा कैद र जरिवाना माग गरेको आयोगले जनाएको छ ।

    No description available.

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij