Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

स्वयम्भू, पशुपतिनाथ र बौद्ध परिसरमा सरसफाइ

स्वयम्भू, पशुपतिनाथ र बौद्ध परिसरमा सरसफाइ

  • काठमाडौं । विश्व पृथ्वी दिवसका अवसरमा काठमाडौंका पुरातात्विक सम्पदा क्षेत्रमा सरसफाइ गरिएको छ।

    images
    images
    images

    युनिभर्सल पिस सेन्चुरीमार्फत विभिन्न संघ संस्थाको सहकार्यमा शनिबार स्वयम्भू, आइतबार पशुपतिनाथ र सोमबार बौद्धनाथ क्षेत्रमा सरसफाइ गरिएको हो । तीन दिन बिहान ७ बजेदेखि ९ बजेसम्म सरसफाइ गरिएको थियो ।

    images

    सरसफाइ अभियानका समन्वयकर्ता नवीन महर्जनका अनुसार तीन वटा क्षेत्रबाट तीन गाडी फोहोर संकलन भएको छ । संकलन भएको फोहोरमध्ये कागज, कपडा, प्लास्टिक र सिसा पुनः चक्रणका लागि पठाइएको छ । कुहिने फोहोर ल्यान्डफिल साइटमा विसर्जन गरिएको छ ।

    सरसफाइमा पूर्वमुख्यसचिव लिलामणि पौड्याल, युनिभर्सल पिस सेन्चुरी तथा श्याल्पो गुम्बा संरक्षक श्याल्पा रिन्पोछेलगायतले सहभागिता जनाएका थिए । हरेक वर्ष २२ अप्रिलमा विश्व पृथ्वी दिवस मनाइन्छ । यस वर्षको विश्व पृथ्वी दिवसको नारा ‘पृथ्वी र प्लास्टिक’ राखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij