
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो । पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए ।
अदालतबाट सफाइ पाएलगत्तै मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिइएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij