
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । सिन्धुपाल्चोकको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दुर्घटनामा दर्जनौं घाइते भएको र उनीहरुको उद्धार गरी अस्पताल पठाउन थालिएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन अझै बाँकी रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij