Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडाैं । प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रा.लि.बिच प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन दुई पक्षीय समझदारी भएको छ ।
सो समझदारी पत्रमा प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमूख मार्केटिङ अफिसर(सिएमओ) रविन्द्र ढकाल र वन्डर्स नेपाल प्रा.लि (स्काइवाक) का तर्फबाट कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले आफ्ना ग्राहक वर्गलाई अतिरिक्त लाभ दिने उद्देश्य सहित गरेको यस सम्झौता अन्तर्गत, प्रभु बैंकका ग्राहक तथा कर्मचारीले यो सुविधा दुई वर्ष सम्म उपभोग गर्न पाउनेछन् ।
यस सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले कमलादीस्थित वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकले टिकट खरिद गर्दा प्रभु बैंकको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ ।
प्रभु बैंकद्वारा यस किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौताहरु देशभरका विभिन्न अस्पताल,रेष्टुरेन्ट, होटल,पार्लर,डिपार्टमेन्टल स्टोरहरु लगायत अन्य व्यापारिक ईकाइहरुमा समेत भएको बैंकले जनाएकाे छ । स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको तीनसय ६० डिग्रीमा द्दश्यावलोकन गरि मनोरञ्जन लिन सकिन्छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij