Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

निलम्बित न्यायाधीश गिरी कारागार चलान

निलम्बित न्यायाधीश गिरी कारागार चलान

  • काठमाडौं । निलम्बित न्यायाधीश भुवन गिरी कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले सोमबार गिरीलाई डिल्लीबजार कारागार चलान गर्न आदेश दिएको हो ।

    images
    images
    images

    वैवाहिक बलात्कार मुद्दामा गत चैत २१ गते सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । सो आदेशपछि सोमबार उनी जिल्ला अदालतमा उपस्थित भएका थिए ।

    कपिलवस्तु जिल्ला अदालतका तत्कालिन न्यायाधीश गिरीकी श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन् ।

    काठमाडौं जिल्ला अदालतले थुनामै राख्न आदेश दिए पनि उच्च अदालतले थुनाबाहिरै रहेर मुद्दा लड्न आदेश दिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij