Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । सर्लाहीमा एक कवाडीको गोदामबाट ५३ राउण्ड गोली प्रहरीले बरामद गरेको छ । मलंगवा नगरपालिका–८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली प्रहरीले बरामद गरेको हो ।
उक्त स्थानमा हात हतियारमा प्रयोग हुने गोली माटो मुनी गाडेर राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले स्थानीय जन प्रतिनिधि समेतको रोहवरमा सो स्थान खनी हेर्दा पेस्तोलमा प्रयोग हुने उक्त गोली फेला पारेको हो ।
गोली कसले कुन प्रयोजनका लागि राखेको हो भन्ने अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij